साफ च्याम्पियनशिपपछि राजीनामा दिने मुख्य प्रशिक्षक अलमुताइरीकाे घाेषणा

 असोज २७, २०७८ बुधबार १९:४०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् । उनले साफ च्याम्पियनशिपको फाइनलपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

आज बङ्गलादेशसँगको खेलपछि भएको पत्रकार सम्मेलनमा अलमुताइरीले नेपाली टोलीको मुख्य प्रशिक्षकको रूपमा यो नै आफ्नो अन्तिम खेल हुने बताएका हुन् । उनी माल्दिभ्सबाट सिधै कुवेत जानेछन् ।

यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीसँग विवाद भएपछि अलमुताइरीले फेसबुकमार्फत राजीनामाको घोषणा गरेका थिए । तर पछि यो विषय सेलाएको थियो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया