साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग खेल्ने

 असोज २८, २०७८ बिहीबार ७:३८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएको छ ।

हिजो भएको खेलमा बङ्गलादेशसँग एक/एक गोलको बराबरी गर्दै नेपाल फाइनलमा पुगेको हो भने भारतले माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

फाइनल खेल पर्सि बेलुका पौने ५ बजे हुनेछ। नेपाल पहिलो पटक फाइनलमा पुगेको हो भने भारत सात पटकको विजेता हो ।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल १३ औं संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलमा पुगेको छ ।  

नेपालका लागि खेलको ८८ औं मिनेटमा पेनाल्टीमार्फत अञ्जन विष्टले गोल गरेका थिए  । पहिलो पटक फाइनल पुगेको नेपालले चार खेलमा ७ अङ्क जोडेको छ । भारतको भने ८ अङ्क छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया