धरहरा व्यवसायिक रुपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - मालीले गरेको शान्ति सम्झौताको संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ ।
माली सरकारले त्यहाँका पूर्व लडाकुहरुमध्ये १३ हजार जनालाई यसै वर्षको अन्त्यसम्ममा सरकारमा पुनर्स्थापना गर्ने र बाँकी १३ हजार जनालाई अर्को वर्षसम्म गर्ने गरी सम्झौता गरेका छन् । त्यहाँका राजनीतिक दलहरुले पनि यस सम्झौता बमोजिम अघि बढ्ने र विद्रोहीहरुलाई यहाँको राष्ट्रिय सेनामा समायोजन गर्ने तयारी गरेका छन् ।
शान्ति सम्झौता र पछिल्लो समयमा यस बमोजिम गरिएको तयारीको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले स्वागत गर्नुभएको हो । महासचिव गुटेर्रेसले मालीका राजनीतिक दल, त्यहाँको सरकार र विद्रोही पक्षबाट पनि यो सम्झौता बमोजिम अघि बढ्ने पुनः प्रतिबद्धता आएकाले त्यसको स्वागत गर्नुभएको प्रवक्ता डुजारिकले एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
मालीमा लामो समयदेखि हिंसात्मक विद्रोह जारी छ । विद्रोहका कारण कयौँ मानिसको ज्यान पनि गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।