कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाएकाहरुलाई अमेरिका प्रवेशमा अनुमति

 असोज ३०, २०७८ शनिबार ९:२५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोनाविरुद्ध खोपको पूर्ण डोज लगाएकाहरु नोभेम्बर ८ अर्थात आउने कात्तिक २२ गतेदेखि  अमेरिका जान  पाउने भएका छन् ।

कोरोनाको पूर्ण डोज खोप लगाएका विभिन्न ३३ देशका यात्रु आउँदो कात्तिक २२ गतेदेखि अमेरिका जान पाउने अमेरिकाले जनाएको छ । यो नियम हवाईमार्ग वा सडक मार्ग भएर अमेरिका जाने दुवैमा लागू हुने बीबीसीले जनाएको छ।  तर कोरोनाको पूरै डोज खोप भने अनिवार्य रुपमा लगाउनुपर्नेछ ।

नयाँ नियम अनुसार खोपको पूरै डोज लगाएका र ७२ घण्टा अगाडिको कोरोना भाइररस परीक्षणको  रिपोर्ट नेगेटिभ आएकाहरुका लागि अमेरिका प्रवेशका लागि अनुमति दिने जनाइएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया