घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
रसुवा – पर्यटकीय सिजन सुरु भएसँगै रसुवाका पर्यटकीय क्षेत्रहरूमा पर्यटक भित्रने क्रम सुरु भएको छ । जिल्लाको गोसाइँकुण्ड, लाङटाङ लगायतका क्षेत्रमा दैनिक २ सय ५० जनाको हाराहारीमा पर्यटक गइरहेका छन् । आएका पर्यटकमध्ये धेरैजसो नेपाली छन् । थोरै संख्यामा विदेशी पर्यटक पनि आएका छन् । पर्यटक आउन थालेपछि होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
जिल्ला भित्रिएका पर्यटकहरू गोसाइँकुण्ड तथा लाङटाङ गइरहेका होटल तथा पर्यटन व्यवसायी संघ रसुवाले जनाएको छ । विश्वव्यापी फैलिएको कोराेनाका कारण लामो समय पर्यटन तथा होटल व्यवसाय सञ्चालन हुन सकेको थिएन । मुख्य सिजनमा केही पर्यटक आउने गरेका भए पनि पछिल्लो समय पर्यटकको आगमन घटेको थियो ।
आएका पर्यटकमध्ये सबैभन्दा धेरै गोसाइँकुण्डमा र केही पर्यटक लाङटाङ लगायत अन्य पर्यटकीय क्षेत्रमा पुग्ने गरेका छन् । क्यान्जिनका होटल व्यवसायी ग्याल्बु तामाङका अनुसार दैनिक ८० जनासम्म पर्यटक लाङटाङ गइरहेका छन् । जिल्लामा आउने पर्यटकहरू लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी, नागथली लगायतका क्षेत्रमा जाने गरेका छन् । सामूहिक रुपमा घुम्न मन पराउने युवाहरु न्युनतम दुई जनादेखि १५ जनासम्मको समूहमा आउने गरेका छन् ।
स्वदेशी पर्यटकले न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन् । काठमाडौंबाट नजिक भएको, सबैतिर फोन सम्पर्क हुने, आपतकालीन अवस्थामा हेलिकप्टर सर्भिस पनि भएको, इन्टरनेटको पनि पहुँच भएको र एकदम सुरक्षित पदमार्ग भएका कारण पर्यटकको आगमन बढ्न थालेको संघका अध्यक्ष निशान गजुरेलले बताउनुभयो । ‘लामो समय व्यवसाय ठप्प हुँदा व्यवसायीमा निराशा छाएको थियो’, ‘उहाँले भन्नुभयो, ‘पछिल्लो समय नेपाली पर्यटक बढेपछि व्यवसायीमा आशा पलाएको छ ।’
पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सास्कृतिक, प्राकृतिक, ऐतिहासिक स्थल हुनुका साथै विश्वकै दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।