घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – पानी पर्ने भएकाले अबको केही दिन धान काट्दा र थन्क्याउँदा विशेष ध्यान दिन विज्ञले सुझाव दिएका छन् । अबको केही दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना भएकाले धान काटेर खेतमै छोड्दा नोक्सान हुन सक्ने भएकाले सकेसम्म धान नकाट्न कृषि विज्ञले सुझाव दिएका हुन् ।
धान धेरै नै पाकेर काट्नै पर्ने अवस्था भएमा, काट्दै झार्दै गरेर सुरक्षित ठाउँमा लगेर राख्न हरिकृष्ण उप्रेतीको सुझाव छ । उहाँका अनुसार धान काट्ने बित्तिकै पानी नपर्ने ओभानो ठाउँमा लगेर फिँजारेर राख्नुपर्छ र पछि घाम लागेका बेला सुकाउनुपर्छ । ओभानु ठाउँमा लगेर राखेको धानलाई पनि बेला बेलामा चलाउने गर्नु पर्छ । त्यसो गर्न सकेमा नोक्सान हुन बाट जोगाउन सकिने उहाँले बताउनुभयो ।
केही दिन धान नकाट्दा पनि फरक नपर्ने अवस्थामा भने धान नकाटिकनै खेतबारीमै छोड्न उहाँको सुझाव छ । अहिले सुदूरपश्चिमलगायत तराईंका धेरै जिल्लामा छोटो समयमा पाक्ने जातका धान काट्ने बेला भएको छ । राधा ४, सर्जु ५२, घैया एक र घैया दुई लगायतका छोटो समयमा पाक्ने धान हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।