महाकाली नदीकाे बाढीमा फसेका पाँच जना रुखमा, उद्धारकाे पर्खाइमा

 कात्तिक २, २०७८ मंगलबार १४:१४:३७ | रासस
unn.prixa.net

महाकालीको बाढीले क्षति पुर्‍याएकाे सडक

कञ्चनपुर – भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँच जना उद्धारको पर्खाइमा छन् । 

हिजाे सोमवार राति घर नजिकैको कुखुराको खोर हेरालाका रूपमा गएका पुष्कर, वसन्ती, अशोक र अजय नायक र  दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ । 

स्थानीय बासिन्दाका अनुसार उनीहरू बाढीबाट जोगिन रुखमा बसेका छन् । बाढीमा फसेका परिवारको उद्धारका लागि बीओपी खल्ला र ब्रह्मदेवबाट सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ । बाढीका कारण बाटोको ठाउँ–ठाउँमा अवरोध हुँदा उद्धार टोली पुग्न ढिलाइ भएको छ । 

यसैबीच दोधारा चाँदनी–१० कुतियाकभरमा रहेकाे सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा पानी पसेको छ । क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी नजिकैको विद्यालयमा सरेको छ । 

सुकाएको धान बगायो  

लगातारको वर्षाका कारण लालझाडी गाउँपालिका क्षेत्रका किसानले काटेको धान पूरै बगेर क्षति भएको छ । अत्यधिक वर्षाका कारण खेतमा काटेको धान दोदा नदीमा बगेर गएपछि स्थानीय किसान मर्कामा परेका छन् । 

नन्दगाउँ, कस्वा, विनावारी, नौरङ्गा, विचवालगायत क्षेत्रका किसानले खेतमा काटेको धान पूरै बगेर गएपछि करोडौँको क्षति भएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया