अमेरिकाको लस एन्जलसमा फैलिएको आगो नियन्त्रणबाहिर
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – बेलायतमा कोरोनाको डेल्टा भेरिएन्ट भन्दा १० प्रतिशत बढी सङ्क्रामक नयाँ भेरिएन्ट भेटिएको छ । पछिल्लो पटक विकसित भएको कोरोनाको डेल्टा भेरिएन्ट भन्दा नयाँ भेरियन्ट १० प्रतिशत सङक्रामक भएकाले सचेत रहन विज्ञ तथा डाक्टरले सुझाव दिएका छन् ।
कोरानाको नयाँ विकसित रुप फैलिएका कारण बेलायतमा कोरोना महामारी बढ्दो छ । नयाँ विकसित स्वरुपको यो भेरिएन्टका कारण चिन्तित बनेको बेलायतले कोरोना नियन्त्रणका लागि थप उपाय अवलम्बन गर्न विज्ञ तथा वैज्ञानिकसँग परामर्शसमेत थालेको छ । यो महामारीबाट मुक्त हुन अझै केही समय लाग्ने विज्ञले बताएका छन् ।
पछिल्लो समय बेलायतमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएका छन् । कोरोना सङ्क्रण दर उच्च बन्दै जाँदा बेलायतमा एकैदिन २ सय २३ जनाको ज्यान गएको छ । कोरोनाविरुद्धको दोस्राे डोज खोप पूरा गरी बुस्टर लगाउन सुरु गरेकामा पनि कोरोना सङक्रमण भएको त्यहाँका स्वास्थ्यकर्मीले बताएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।