उत्तर प्रदेश : प्रहरीले 'चोरहरूलाई लुटे', चार प्रहरी जेल गए

 कात्तिक ४, २०७८ बिहीबार १६:३१:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – उत्तर प्रदेशको फिरोजाबादमा चोरहरूबाट चोरीको पैसा लिएर सुरक्षित जिल्ला पार गराएको आरोपमा चार प्रहरीलाई पक्राउ गरिएको छ ।  

फिरोजाबादका एसएसपी अशोक कुमारले बीबीसीसँग भने, ‘यस्तै कठोर कारबाहीबाट नै प्रहरीलाई सुधार्न सकिन्छ ।’

गएको अक्टोबर १५ मा रसूलपुर प्रहरी चौकीमा एक डेलिभरी अटोबाट एक लाख १० हजार भारु चोरी भएको थियो । चोरहरूले ड्राइभिङ सिट काटेर पैसा निकालेका थिए । 

पीडित गौरव घर पुगेपछि पैसा नदेखेपछि रसूलपुर प्रहरी चौकीमा जानकारी दिए । चोरीको पूरा घटनाक्रम सीसीटीभीमा कैद भएको थियो । 

एसएसपी अशोक कुमारले भने, ‘घटनाको स्पष्ट फुटेज थियो । चोरले अटोबाट पैसा निकालिरहेको देखिएको थियो । हामीले पूरै जिल्लामा सतर्कता अपनायौँ र नाकाबन्दी गरेर चाँज गर्यौँ ।’

अक्टोबर १८ मा चोरी गर्ने दुई चोर पक्राउ परेका थिए । त्यसपछि चोरहरूलाई चोरी भएको पैसाको बारेमा सोध्दा पैसा प्रहरीले लगेको बताएका थिए । 

जाँचका क्रममा प्रहरी चौकीमा रहेका एसआई सुनील चन्द र उनको टिमले चोरहरूबाट चोरीको पैसा लिएपछि उनीहरूलाई आफ्नो गाडीबाट एस्कर्ट (पहरा दिएर) गरेर फिरोजाबाद जिल्लाको सीमा पार गराएका थिए । 

त्यसपछि प्रहरीले चोरहरूलाई लुट्ने पूरै प्रहरी टिमलाई पक्राउ गरेर जेल पठायो र पैसा पनि बरामद गर्यो । पक्राउ पर्ने प्रहरीमा एक एसआई, दुई सिपाही र एक प्रहरी जीपका चालक रहेका छन् ।  

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया