उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - केही दिनदेखिको लगातारको वर्षाका कारण भारतको विभिन्न ठाउँको जनजीवन अस्तव्यस्त बनेको छ ।
उत्तराखण्डमा केही दिनको लगातारको वर्षाका कारण आएकाे बाढी र पहिराेबाट ५४ जनाको ज्यान गइसकेको छ भने १९ जना घाइते भएका छन् । अझै केही बेपत्ता भएका छन् । केरलामा बाढी र पहिरोमा परि ४२ जनाको ज्यान गएको छ । देशका अरु राज्यका विभिन्न ठाउँमा समेत ठूलो पानी परेकाले जनजीवन नराम्ररी प्रभावित भएको छ ।
भारतको मौसम विज्ञान विभागले अझै तीन दिन ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । धेरै ठूलो पानी पर्न सक्ने भएकाले केरलाका विभिन्न आठ जिल्लामा अलर्ट जारी गरिएको छ । साथै तीव्र गतिमा हावा चल्न सक्ने भएकाले सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।
केरला आसपासको क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टा हावा चल्न सक्ने भन्दै सावधान रहन भनिएको छ । अबको तीन दिन विशेषगरी केरला, तमिलनाडु, पुड्चेरी र कराइकलमा ठूलो पानी पर्ने सम्भावना रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।