घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - बाढीका कारण जलमग्न भएको विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी भएको छ ।
आज बेलुकासम्ममा विमानस्थल सफा गरी डुबेका सामग्री तथा उपकरणको जाँच गरेर भाेलिदेखि विमानस्थल खुलाउने तयारी गरेको विमानस्थलका प्रमुख उत्सवराज खरेलले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘भोलिदेखि विमानस्थल खुलाउन आज बेलुकासम्ममा सबै काम सक्ने गरी प्रयासमा जुटेका छौँ । सबै ठिकठाक भए भाेलि बिहानदेखि उडान अवतरण सुरु गर्छौँ।’
हिजोदेखि पानी पर्न रोकिए पछि विमानस्थलमा जमेको पानी घट्दै छ । विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गलगायतका क्षेत्रमा पानी घटे पनि टर्मिनल भवन, पार्किङ क्षेत्र तथा परिसर आसपास अझै डुबानमा रहेकाले भोलिदेखि मात्र हवाई सेवा सुरु गर्ने तयारी गरेको विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिनुभयो ।
हवाई उडान र अवतरण कहिलेदेखि नियमित गर्ने भन्नेबारे टुङ्गो नभए पनि मौसम सफा भए भोलिदेखि हवाई सेवा सुरु गर्ने विमानस्थल कार्यालयको तयारी छ । विमानस्थलमा फसेका दुई वटा विमान भने सुरक्षा जाँच पछि हिजै काठमाण्डौ फर्काइएको छ ।
स्थानीय केसलिया खोलामा आएको बाढीका कारण विमानस्थल जलमग्न भएको थियो । गएको मङ्गलवारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण बन्द छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।