चीनमा ४० लाख जनसङ्ख्या भएकाे सहरमा फेरि लकडाउन

 कात्तिक ९, २०७८ मंगलबार १५:४२:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनमा ४० लाख जनसङ्ख्या भएको एक सहरमा आज मङ्गलवारदेखि पूर्णरूपमा लकडाउन लागू गरिएको छ । सहरमा कोरोना बढ्दो सङ्क्रमणपछि यो कदम उठाइएको हो । मानिसहरूलाई अति आवश्यक पर्दा मात्र बाहिर निस्किन भनिएको छ । 

यद्यपि चीनमा कोरोना सङ्क्रमण दर निकै कम छ तर गांसु प्रान्तको राजधानी लानजुमा लकडाउन लागू गरिएको हो । हिजो सोमवार चीनमा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा लानजुमा मात्र ६ जनामा सङ्क्रमण देखिएको थियो । 

समाचार एजेन्सी एएफपीका अनुसार सहरका अधिकारीहरूले लानजुमा प्रवेश र बाहिर जान पूर्णरूपमा नियन्त्रित गरिनेछ । लानजु प्रशासनले एक विज्ञप्तिमा भनेको छ, ‘सबै मानिसहरू आफ्नो हाउजिङ कम्प्लेक्सभित्र रहनुपर्नेछ ।’

यसअघि पनि उत्तरी चीनमा हजारौँ मानिसहरूलाई घरमै रहन कडा आदेश दिइसकिएको छ । चीनमा कोरोनाको अहिलेको सङ्क्रमण डेल्टा भेरिएन्टसँग जोडेर हेरिएको छ । 

स्वास्थ्य अधिकारीहरूका अनुसार परीक्षण दर बढेसँगै सङ्क्रमित हुने मानिसको सङ्ख्या पनि बढ्न सक्छ ।  
 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया