एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताउनु भएको छ ।
अध्यक्ष यादवले न्यायालयभित्र राजनीतिक दलहरुले हस्तक्षेप गर्न उचित नहुने धारणा समेत राख्नु भयो । उहाँले विश्वमा कहीँ पनि राजनीतिक दलहरुले न्यायालयमा हस्तक्षेप गर्ने चलन नभएको दावी समेत गर्नुभयो । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाका जवाफ दिने क्रममा उहाँले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैं सक्षम रहेको प्रतिक्रिया दिनु भयो ।
‘न्यायालयको काम राजनीतिक दलहरुले र राजनीतिक दलहरुले गर्ने काम न्यायालयले गर्न थाल्यो भने त्यो झन चौपट हुँदैन ?' उहाँले भन्नुभयो, 'न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान अधिवक्ता, विद्वान न्यायाधीशहरु हुनुहुन्छ । उहाँहरु आफैं निकास दिन सक्षम हुनुहुन्छ । आ–आफ्नो दायरा भित्र रहेर समस्यालाई हल गर्नु पर्छ । त्यहाँ समस्या छ, त्यसको निरुपण चाँडै नै हुन्छ ।’
अध्यक्ष यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा यस्तो समस्या आएको दावी गर्दै त्यसलाई संशोधन नगरी अघि बढ्न नसकिने अडान दोहोर्याउनु भयो । उहाँले सत्तारुढ दलहरुबीचको गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने पनि बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।