पछिल्लो २४ घण्टामा दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि

 कात्तिक २७, २०७८ शनिबार १६:४४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार दुई सय ४३ जनाको नमूना परीक्षण गर्दा तीन दशमलव ५७ प्रतिशत अर्थात दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १६ हजार ६ सय ७५ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार ७२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय ७८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९७ हजार नौ सय २६ पुगेको छ । थप दईइ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ७१ जना पुगेको छ ।

अहिले नेपालमा सात हजार दुई सय २८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये एक सय ९३ जनाको आईसीयू र ५७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा ३४ हजार सात सय १६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित अहिलेसम्म ७५ लाख ४१ हजार दुई सय ६७ जनाले पूर्ण मात्रा र ८८ लाख २४ हजार आठ सय १५ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया