च्याम्पियन्स ट्रफी : बङ्गलादेशलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनल...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका चार जना पूर्व-उपकुलपतिहरूले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
पूर्व-उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीन प्रकाशजंग शाहले संयुक्त विज्ञप्ति निकालेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई लिएर सर्वाेच्च अदालतमा देखिएको समस्या समाधानका लागि दलहरुले अग्रसरता लिनुपर्ने बताएका हुन् । बार एसोसिएशनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण शीर्षकमा निकालेको विज्ञप्तिमा पूर्व-उपकुलपतिहरुले न्यायालयले नागरिकको विश्वास गुमाएपछि न्याय पाउन कहाँ जाने भन्दै यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु आश्चर्यलाग्दो भएको बताएका छन् ।
सर्वोच्च अदालतमा भइरहेको बार एसोसिएशनको आन्दोलनले तत्काल निकास नपाएमा न्यायालयप्रति नागरिक विश्वास गुम्ने भन्दै विज्ञप्तिमा आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ सरकार र दलहरूले तत्काल काम गर्नुपर्ने उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।