एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुट्ने होकि भन्ने आशङ्का नपाल्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
अध्यक्ष नेपालले आसन्न राष्ट्रिय सभाको निर्वाचन र रिक्त रहेको प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी बनाउने सत्तारुढ दलबीच सहमति भएको बताउँदै गठबन्धनलाई टुटाउने खोज्नेहरुको सपनालाई चकनाचुर पारेको दाबी समेत गर्नु भयो ।
सानेपामा रहेकाे हेरिटेज प्लाजामा आजबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै उहाँले सत्तारुढ गठबन्धनको आयु लामो छैन भन्नेहरुलाई जवाफ दिनेगरी आफूहरुले राष्ट्रिय सभाको निर्वाचन तथा उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी गराउने सहमति गरिसकेको पनि स्पष्ट पार्नु भयो ।
अध्यक्ष नेपालले भन्नु भयो, ‘पाँच दलीय राजनीतिक गठबन्धनले आउँदो चुनावलाई ध्यानमा राखेर मिलेर नै उम्मेदवारी दिने र जिताउने अभियानमा जुट्ने सहमति गरेको छ । एउटा राष्ट्रिय सभाको चुनाव, जुन आउँदो माघ महिनामा हुन गइरहेको छ । प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त रहेको उपनिर्वाचनमा पनि मिलेर उम्मेदवारी तय गर्ने र मिलेर नै जिताउने सहमति भइसकेको छ।’
अध्यक्ष नेपालले दुई वटा निर्वाचनको परिणाम सकारात्मक आउने र गठबन्धनबीचको सहकार्य झनै कसिलो भएर जाने तर्क समेत गर्नु भयो । कार्यक्रममा बोल्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनबीचको सहकार्यलाई पार्टीको तल्लो कमिटीसम्म लैजानुपर्नेमा जोड दिनु भयो ।
उहाँले एमालेको ठूलो पङ्क्ति अलमलमा रहेको उल्लेख गर्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गर्नु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।