च्याम्पियन्स ट्रफी : बङ्गलादेशलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनल...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले आज पनि प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतभित्र भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको घेरा तोडेर कानुन व्यवसायीहरुले प्रदर्शन गरेपछि सामान्य धकेलाधकेल भएको हो । यस्तै सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीश जबराका समर्थकहरुले पनि प्रदर्शन गरेका छन् ।
दिनहुँको विरोध प्रदर्शनले इजलास ठप्प भएको भन्दै उनीहरुले त्यसको विरोधमा प्रदर्शन गरेका हुन् । पक्ष र विपक्षमा हुने प्रदर्शनमा झडपसमेत हुन थालेपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने माग गरिरहेका छन् भने प्रधानन्यायाधीशले भने तत्काल राजीनामा नदिने अडान राख्दै आउनुभएको छ ।
सर्वोच्चमा प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् । उनीहरूको समर्थनमा बारले पनि सङ्घर्ष गरिरहेको छ । केही वकिलहरुले भने न्यायालयलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै हड्तालमा रहेका न्यायाधीशहरूलाई इजलासमा फर्कन दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।