‘१३ लाख मतदाता थप्न सके कांग्रेस आउँदाे चुनावमा पहिलाे पार्टी बन्छ’

 कात्तिक २९, २०७८ सोमबार १५:१०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेसले आउँदाे चुनावमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको पाँच वर्षमा आफूले गर्ने कामको सूची बनाएर जानुपर्ने बताउनुभएकाे छ । आज सोमवार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट काठमाण्डाै महानगरपालिकाका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले यस्ताे बताउनुभएकाे हाे ।  

नेता थापाले नेपाली कांग्रेसले राष्ट्रिय निर्णय गर्दा मतदाता र आम नागरिक खुसी हुने गरी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज अदालतमा यत्रो ठूलो समस्या देखिरहेका छौँ,अदालत स्वतन्त्र रहनुपर्छ, न्यायालय शुद्ध हुनुपर्छ, अदालतभित्रको नेतृत्व नै विचलित भयो भने त्यहाँभित्र न्याय मर्छ र स्वतन्त्र न्यायपालिका र न्यायालयका लागि कांग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर एउटा मतदाताले रुख चिह्नमा मत हाल्छ, त्यो कुरामा चुक्यो भने मतदाता रिसाउँछ हाम्रो मत घट्छ । नेपाली कांग्रेसको १२/१५ लाख यस्तो मतदाता छ, कांग्रेसले राष्ट्रिय निर्णय गर्दा एक ठाउँमा चुक्यो भने मतदाताले मत हाल्दैनन, दण्ड दिन्छन्, त्यो मतदाता जोगाउनु पर्नेछ । ३५ लाख मतदाताले रुखमा किन मत हाल्ने भन्ने प्रश्नको उत्तर नेपाली कांग्रेसले चुनावमा लिएर जानुपर्छ, मतदाता जम्मा पार्न कांग्रेसले ४/५ वर्षमा के गर्छ भनेर बताउनु सक्नुपर्छ, कांग्रेसले पाँच वर्ष मौका पायो भने के गर्छ भन्ने कुराको योजना बनाएर नागरिककाे बीचमा जानुपर्छ ।’

नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके कांग्रेस अब आउने चुनावमा पहिलो एकल पार्टी भएर आउने दाबी गर्नुभयो । उहाँले हिजाे आइतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताउनुभयाे ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया