कोरियाबाट फर्केकालाई पुनः कोरिया जान पुष १ गतेदेखि भाषा परीक्षा

 कात्तिक २९, २०७८ सोमबार १६:३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण कोरियाबाट रोजगारी गरि फर्केकाहरुलाई पुनः कोरिया जानको लागि भाषा परीक्षा हुने भएको छ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियाबाट काम गरि वैधानिक तवरले फर्केका श्रमिकलाई पुनः कामदारको रुपमा पठाउन भाषा परीक्षा हुन लागेको ईपीएस कोरिया शाखा ग्वार्कोले जनाएको छ । शाखाले एक सूचना जारी गर्दै इच्छुक तथा योग्य व्यक्तिहरुलाई अनलाइन आवेदन फारम भरी दर्ता गर्न आग्रह गरेको छ ।

एकपटक कोरिया गएर फर्केकाहरुलाई फेरि कोरिया जानको लागि पनि भाषा परीक्षा उत्तिर्ण गर्नुपर्छ । त्यसको लागि कोरियाको मानव संसाधान विकास सेवा एचआरडीबाट सञ्चालन हुने कम्प्युटरमा आधारित कोरियन भाषा विशेष परीक्षा ‘स्पेसल ईपीएस टोपिक’मा सहभागी हुनुपर्छ ।

मंसिर ६ गतेदेखि मंसिर ८ गतेसम्म आवेदन दर्ता गरिसक्नुपर्ने शाखाले जनाएको छ । आवेदन दर्ता गरिसकेपछि मंसिर २४ मा परीक्षा तालिका घोषणा गरिने र पुष एक देखि सात गतेसम्म परीक्षा सञ्चालन गरिने शाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै एचआरडी कोरिया बाट ‘स्पेसल ईपीएस टोपिक’ परीक्षामा सहभागी हुनसक्ने भनि प्राप्त भएका नामावलीमा आफ्नो नाम यकिन गरेर मात्र आवेदन भर्न शाखाको अनुरोध छ ।

सूचना विस्तृतरुपमा हेर्नुहोस् :

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया