च्याम्पियन्स ट्रफी : बङ्गलादेशलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनल...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।
आज सोमबार काठमाण्डाैमा आयोजित अखिल नेपाल किसान महासङ्घ राष्ट्रिय समितिको घोषणा तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताउनुभएकाे हाे । उहाँले कृषि क्षेत्रको रूपान्तरणका निम्ति प्राथमिकता हुनुपर्ने बताउनुभयो । कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमूल परिवर्तन हुने बताउनुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘कृषि क्षेत्रमा रूपान्तरण गर्ने कुराबाट हामी विमुख हुन सक्दैनौँ । हाम्रो फोकस नै त्यसमा हुनुपर्दछ । नेपाली अर्थतन्त्रको बलियो आधारशिला भनेको कृषि क्षेत्रको रूपान्तरण हो । कृषि क्षेत्रको आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्ने र यसको यान्त्रिकीकरण गर्ने, यो काम गर्न सकियो भने मात्रै यसमा आमूल परिवर्तन गर्न सकिन्छ । कृषि क्षेत्रमा मात्रात्मक होइन, गुणात्मक परिवर्तनको आवश्यकता छ ।’
उहाँले कम्युनिस्ट पार्टीहरू किसानको मुक्तिका लागि बनेको भन्दै किसान आन्दोलन उठाउनका लागि वामपन्थी शक्तिहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । नेता नेपालले किसानको हित र कल्याण गर्नु नै आफूहरूको राजनीतिको मूल विषय भएको उल्लेख गर्नुभयो ।
उहाँले सुकुम्वासीहरूको समस्या समाधानमा सरकारले ध्यान पुर्याउनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले अव्यवस्थित रूपमा बसोबास गर्नेहरूलाई सरकारले गाँस, बास र कपासको प्रत्याभूति गराएर सुरक्षित ठाउँमा राख्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।