खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप २०२१ सकिएको छ, फाइनलमा न्युजिल्यान्डलाई हराउँदै विजेता बनेको अस्ट्रेलियाले पहिलो पटक टी–२० विश्व कपको ट्रफी उचालेको छ । प्रतियोगिताभरि धेरै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे ।
यसैबीच आईसीसीले टी–२० विश्व कपको उत्कृष्ट टिम अर्थात् प्लेइङ–११ सार्वजनिक गरेकाे छ, जसमा पाकिस्तानका बाबर आजम कप्तान रहेका छन् ।
प्लेइङ–११ का साथै एक १२ औँ खेलाडी पनि चुनिएको छ । आईसीसीको ‘मोस्ट भ्यालुवल टिम’ मा यी खेलाडी छन् –
डेभिड वार्नर अस्ट्रेलिया २८९ रन, ४८ दशमलव १६ औसत
जोस बटलर विकेटकीपर, इङ्ग्ल्यान्ड २६९ रन, ८९ दशमलव ६६ औसत, ५ आउट पनि
बाबर आजम, कप्तान पाकिस्तान ३०३ रन, ६० दशमलव ६० औसत
चरिथ असालंका श्रीलङ्का २३१ रन, ४६ दशमलव २० औसत
एडन मर्करम दक्षिण अफ्रिका १६३ रन ५४ दशमलव ०० औसत
मोइन अली इङ्ग्ल्यान्ड ७२ रन, सात विकेट
वानिन्दु हसरंगा श्रीलङ्का १६ विकेट, ९ दशमलव ७५ औसत
एडम जम्पा, अस्ट्रेलिया १३ विकेट, १२ दशमलव ०७ औसत
जोश हेजलवूड अस्ट्रेलिया, ११ विकेट, १५ दशमलव ९० औसत
ट्रेन्ट बोल्ट न्युजिल्यान्ड १३ विकेट, १३ दशमलव ३० औसत
एनरिक नर्किया दक्षिण अफ्रिका नौ विकेट, ११ दशमलव ५५ औसत
१२ औँ खेलाडी शाहीन अफरिदी पाकिस्तान सात विकेट, २४ दशमलव १४ औसत
टी–२० विश्व कपको उत्कृष्ट टिममा भारतका कोही पनि अटाएनन् । भारतको तर्फबाट केएल राहुलले सबैभन्दा धेरै रन र जसप्रित बुमराहले धेरै विकेट लिए । तर विश्व कपमा सबै खेलाडीको सूचीमा यी दुई निकै पछाडि रहे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।