मोजाम्बिकमा आएको चक्रवात चिडोका कारण ज्यान गुमाउनेको सङ्ख्या ९...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – गैर आवासीय नेपाली संघ एनआरएनएले विदेशमा रहेका आफ्ना परिवारका सदस्यलाई जनगणनामा नछुटाउन आग्रह गरेको छ ।
अहिलेसम्म नेपाल बाहिर कति नेपाली छन् भन्ने आधिकारिक तथ्यांक नभएकाले यस जनगणनाले विदेशमा रहेका नेपालीहरुको आधिकारीक तथ्यांक प्राप्त गर्न ठूलो सहयोग पुग्ने संघले जनाएको छ ।
अहिले नेपालमा बाह्रौँ जनगणना हुँदै छ । यही कात्तिक २५ देखि मंसिर ९ गते सम्म हुने यो गणनामा गणकहरु प्रत्येक घरमा पुग्नेछन् । व्यक्तिगत पारिवारिक गरी ८० वटा प्रश्नहरु सोधिने छन् । यसैको आधारमा देशको सबै क्षेत्रको गुरु योजनाहरू निर्माण हुने गर्दछ ।
विभिन्न विषयमा सोधिने प्रश्नहरुमध्ये विदेशमा बस्नेहरुको बारेमा पनि एउटा छुट्टै खण्ड राखिएको छ । मुख्य प्रश्नावलीमा परिचयात्मक खण्डबाट शुरू हुन्छ । एउटा खण्डमा अनुपस्थित विवरण राखिएको छ । प्रश्न नं १६ मा ‘तपाईंको परिवारका कुनै अनुपस्थित सदस्य हाल विदेश गएका छन्’ मा ‘छन्’ भन्ने जवाफ दिनेले प्रश्न १७ को जवाफ दिनपर्ने छ । जसमा विदेश जानेको नाम, लिंग, जाँदाको उमेर, शिक्षा, कहिले गएको, विदेश जानुको कारण, देशको नाम भर्नुपर्ने हुन्छ । यस जनगणनाबाट कुन देशमा कति के गरेर बसेका भन्ने तथ्यांक प्राप्त हुनेछ । यी विवरणहरू सबैले नछुटाइ भरेमा अन्दाजमा सधैँ असी लाखभन्दा बढी नेपालीहरु विदेशमा छन् मात्रै भनिरहन नपर्ने एनआरएनएको भनाइ छ ।
संघले सुरु देखि नै विदेशमा रहेका नेपालीहरुको आधिकारिक तथ्यांक संकलन गर्नको लागि नेपाल सरकार समक्ष पहल गर्दै आएको थियो । नेपाल सरकारले यस वर्षदेखि जनगणनामा विदेशमा रहेका नेपालीहरुलाई पनि समेटेको हुँदा संघले नेपाल सरकार प्रति हार्दिक आभार व्यक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।