आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको खुद नाफा झण्डै ४९ प्रतिशतले बढेको छ ।
गएको आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा रहेकोमा यो वर्षको तीन महिनामा ४८ दशमलव ९० प्रतिशतले बढेर दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ पुगेको टेलिकमले जनाएको छ ।
साउन, भदौ र असोजमा पोहोरको भन्दा ७४ करोड २१ लाख रुपैयाँ धेरै नाफा भएको टेलिकमको रिपोर्टमा उल्लेख छ । यस्तै, गएको वर्षको पहिलो तीन महिनाको कुल आय १० अर्ब १० करोड ४४ लाख रुपैयाँ रहेकोमा यो वर्षको पहिलो तीन महिनामा ८४ करोड ७८ लाख रुपैयाँले बढेर १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यस्तै, गएको आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा भन्दा यो वर्षको त्रैमासिकमा सञ्चालन आय एक अर्ब १३ करोड रुपैयाँले बढेर ९ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ पुगेको नेपाल टेलिकमले जनाएको छ ।
फोर जी आयोजना विस्तार भएसँगै ग्राहक बढेका, मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि भएको, फाइबर टु दि होमका ग्राहक बढेका, कोरोना विरुद्धको खोप लगाउने क्रम तीव्र हुँदा कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको लगायतका कारणले टेलिकमको आय तथा नाफा बढेको टेलिकमले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।