एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाएर निष्कासन गर्न राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
आज शुक्रवार नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले राजनीतिक दलहरू समक्ष प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्कासन गर्न आग्रह गर्नुभएको हो । उहाँले प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालन भएको भन्दै न्यायाधीशहरूसँग गरेको सहमति पनि पालना नगरेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालित छन् । यी प्रधानन्यायाधीश आफ्नो विवेकले चल्दैनन् । यी प्रधानन्यायाधीश बिचौलियाको माफियाहरूबाट सञ्चालित छन् । यस्तो प्रधानन्यायाधीशलाई हामी प्रधानन्यायाधीश मान्न सक्दैनौँ । आजै, अहिल्यै, तत्क्षण प्रधानन्यायाधीशले राजीनामा दिनुपर्दछ । म प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरू र सम्पूर्ण सांसदहरूलाई आह्वान गर्न चाहन्छु– तपाईँहरू कसको बलमा माननीय हुनुभएको छ अहिले ? कानुन व्यवसायीले रातदिन खटेर, मुद्दा लेखेर, रातदिन बहस गरेर, अदालतमा झगडा गरेर, आफ्नो मेहनत गरेर, विना पैसा बहस गरेका कारणले प्रतिनिधि सभा पुनर्स्थापना भएको छ । त्यसको आडमा तपाईँहरू सांसद हुनुभएको छ । त्यसको आधारमा तपाईँहरू नेता हुनुभएको छ, त्यसको आधारमा तपाईँ गृहमन्त्री हुनुभएको छ । खबरदार भोलि यस्तै हुने हो र कानुन व्यवसायीमाथि प्रहरी दमन हुने हो भने हामीले त्यस्तो दिन भन्नु नपरोस् । सम्पूर्ण नेता र राजनीतिक दलका नेताहरूलाई भन्न चाहन्छु । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुस् र निष्कासन गर्नुस् ।’
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले राजनीतिक दलहरूलाई न्यायपालिकामा भइरहेको आन्दोलनले नछोएको टिप्पणी गर्नुभयो । उहाँले प्रत्येक दलका नेताहरूको प्रधानन्यायाधीशसँग लेनदेन भएको आरोप लगाउनुभयो । नेताहरूको मुद्दा प्रधानन्यायाधीशले बार्गेनिङका रूपमा सर्वोच्चमा अड्काएको कारणले नेताहरू बोल्न नसकेका उहाँले बताउनुभयो ।
यस्तै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश जबराले बारको आन्दोलन दबाउन पदको दुरुपयोग गरिरहेको बताउनुभयो । प्रधानन्यायाधीशले नागरिकका लागि इजलास चलाउन तयार नभएको तर दलाल, माफिया र तस्करहरूको सेवा गरिरहेको जिकिर गर्नुभयो । उहाँले शक्तिशाली नेताहरूको मुद्दा सर्वोच्चमा रहेको र ती मुद्दालाई देखाएर नेताहरूलाई तर्साइएका कारण नेताहरू प्रधानन्यायाधीशको विरुद्धमा बोल्न नसकेको बताउनुभयो ।
नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा नआउञ्जेलसम्म सर्वोच्च अदालतमा धर्ना गरिराख्ने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।