गाेलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशकाे दाह्रा, नङ्ग्रा गयाे भन्ने भ्रममा नपराैँ : बार अध्यक्ष

 मंसिर ५, २०७८ आइतबार १४:२९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल बार एसाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताउनुभएको छ । 

आज आइतवार नेपाल बार एसाेसिएशनले सर्वोच्च अदालतमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म बिचौलिया पाल्ने काम नरोकिने बताउनुभएको हो । न्याय परिषद्बाट न्यायाधीशहरूलाई सरुवा काजमा पठाउने अधिकार अझै पनि प्रधानन्यायाधीशले लिइराखेको र त्यही अधिकारमार्फत आफू अनुकूलको काम गर्न सक्ने उहाँको भनाइ छ ।

गोलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा नपर्न पनि उहाँको आग्रह छ । अध्यक्ष श्रेष्ठले चोलेन्द्रशम्शेर जबरा नहटेसम्म आन्दोलन जारी रहने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले न्याय सम्पादनमा प्रधानन्यायाधीशलाई त हटाउने काम गर्न खोजिएको छ । तर बिचौलियाहरूलाई पाल्ने काम न्याय प्रशासनको, न्याय परिषद्बाट न्यायाधीशहरूलाई सरुवा काजमा पठाउने अधिकार अहिले पनि प्रधानन्यायाधीशले लिइराखेका छन् । त्यो नखोसिएसम्म प्रधानन्यायाधीश त ढुक्क भएर बस्लान्, उनले खान पाउने तरिका त अर्को छँदैछ । त्यस कारणले गर्दा यो रोक्नका लागि उनलाई न्याय प्रशासनबाट पनि जबसम्म खोसिँदैन तबसम्म हामीले गोला प्रणालीको आधारबाट अब उनकाे नङ्ग्रा र दाह्रा गयो भनेर मात्रै सुख पाउने अवस्था छैन । अर्को चपाउने दाँत छ । सरुवा काजमार्फत न्यायाधीशहरूलाई थर्काउने काम भइराखेको हुन्छ । न्याय प्रशासन र न्याय सम्पादनमा जबसम्म प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा हट्दैनन्, तबसम्म यो आन्दोलन कायम रहन्छ ।’ 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया