थर्मसमा चिया बेच्ने व्यवसाय : थोरै लगानीमा मनग्य आम्दानी
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरीत काम गरेको टिप्पणी गर्नुभएको छ । पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानल उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्नसमेत गर्नुभयो ।
आज आइतवार प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीले काठमाण्डाैका आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालले सञ्चार माध्यममा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरू स्वागत गर्न नसकिने स्पष्ट पार्नुभयो ।
गएकाे मङ्सिर ३ गते भारतीय योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाण्डाैमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको ती दुई च्यानल कानुनसम्मत नभएको प्रवक्ता ज्ञवालीको भनाइ छ । उहाँले ती च्यानल नेपालको कानुन विपरीत राष्ट्रिय हितभन्दा फरक ढङ्गले सञ्चालनमा आएको प्रारम्भिक प्रतिक्रियासमेत दिनुभयो ।
प्रवक्ता ज्ञवालीले ती टेलिभिजन च्यानलबारे विस्तृत रूपमा छलफल गर्ने जानकारी दिनुभयो । उहाँले कानुनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरूले सधैँ स्वागत गर्ने बताउनुभयो ।
यसैबीच प्रवक्ता ज्ञवालीले पार्टीको दशौँ महाधिवेशनमा नेताहरूको व्यवस्थापनका लागि विधान संशोधन गर्ने सम्भावना नरहेको बताउनुभयो । विधानको परिधिभित्र रहेर योग्य भन्दा योग्य नेताहरूलाई नेतृत्वमा चयन गर्ने उहाँको भनाइ थियो ।
प्रवक्ता ज्ञवालीले महाधिवेशनमा विधानको विषयले नेतृत्व चयनमा समस्या पारेकाले त्यसलाई समाधान गरेर अघि बढ्न पहिलो पटक पार्टीको विधान महाधिवेशन छुट्टै आयोजना गर्नुपरेको पनि स्मरण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।