थर्मसमा चिया बेच्ने व्यवसाय : थोरै लगानीमा मनग्य आम्दानी
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधि छनाेट भइरहेका ठाउँमा सकेसम्म सर्वसम्मतकाे प्रयास गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
आज आइतवार सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नवनिर्मित भवनकाे उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधि छनाेटको सम्बन्धमा हार/जितको भन्दा पनि सर्वसम्मत चयनको बाटो रोज्नु उपयुक्त हुने बताउनुभएको हो । उहाँले वडा, क्षेत्र, जिल्ला र प्रदेश सबै तहमा सर्वसम्मतको प्रयास सफल भए केन्द्रीय प्रतिनिधि छनाेटमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
पार्टीभित्रको आन्तरिक चुनावमा कडा प्रतिष्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुनाका साथै आउने चुनावमा पार्टीलाई समेत घाटा हुुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्तालाई सचेत पनि गराउनुभयो ।
उहाँले आफू सर्वसम्मतकाे पक्षमा रहेको भन्दै कांग्रेसलाई एक ढिक्का बनाएर अघि लैजानुको विकल्प नभएको बताउनुभयो । देवानगञ्ज पुग्नुभएका प्रधानमन्त्री देउवाले वीपी कोइरालाको सालिक अनावरणसमेत गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।