एमालेले महाधिवेशनमा २ सय ५० जनाभन्दा धेरै डाक्टर परिचालन गर्ने

 मंसिर ६, २०७८ सोमबार ८:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशनमा २ सय ५० जनाभन्दा धेरै डाक्टरहरु परिचालन गर्ने भएको छ ।

महाधिवेशन अन्तर्गतको स्वास्थ्य समितिले डाक्टरसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ । स्वास्थ्य समितिका संयोजक भानुभक्त ढकालका अनुसार प्राथमिक उपचारदेखि भैपरि आउने स्वास्थ्य समस्या हेर्नेगरी व्यवस्थापन मिलाइएको छ ।

महाधिवेशन उद्घाटनका दिन आउँदो १० गते नारायणी नदी किनारमा डाक्टरहरुको नेतृत्वमा औषधि र उपकरणसहितको चार वटा स्टल राख्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । समितिले होटलमा बस्ने प्रतिनिधिहरुका लागि आपत्कालीन स्वास्थ्य समस्या आइपरे नजिकका अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।

अतिआवश्यकीय सेवाका लागि प्रतिनिधि रहने क्षेत्रमा डेस्क राखिने ढकालले बताउनुभयो । नियमित र उमेरजन्य औषधि सेवनका लागि निःशुल्क व्यवस्था मिलाइएको छ । कोभिड–१९ को जोखिम कम नभएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइने ढकालले बताउनुभएको छ ।

खुला र बन्द दुवै सत्रमा अनिवार्य रुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ । विदेशबाट आएका प्रतिनिधिहरुलाई सम्बन्धित देश फर्कंदा पीसीआर परीक्षण सहज रुपमा गराउने व्यवस्था पनि मिलाइएको समितिले जनाएको छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया