प्रधानन्यायाधीशले पैसा लिएर गरेकाे फैसलाकाे सूचना भए बारलाई उपलब्ध गराउनुस् : अध्यक्ष श्रेष्ठ

 मंसिर ६, २०७८ सोमबार १४:५५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल बार एसाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीलाई आग्रह गर्नुभएको छ ।

आज सोमवार पनि सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीलाई आग्रह गर्नुभएको हो । उहाँले प्रधानन्यायाधीश जबराले गरेका फैसलाहरूले विकृति, विसङ्गति,भ्रष्टाचार भइरहेको र बिचाैलिया बढिरहेकाे आरोप लगाउँदै नेपाल बारले पनि प्रधानन्यायाधीशले गरेका फैसलाको अध्ययन र सङ्कलन गरिरहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर नागरिककाे बीचमा पेस गरिने बताउनुभयो ।

उहाँले न्यायालयमा विकृति, विसङ्गित भइरहेको भन्दै कानुन व्यवसायीहरूले आन्दोलन थालेकाे दुई हप्ता भइसक्दा समेत राजनीतिक दल कानमा तेल र मुखमा बुझो हालेर बसेको उल्लेख गर्नुभयाे । अध्यक्ष श्रेष्ठले राज्यको महत्त्वपूर्ण अङ्गमा आएको समस्याका बारेमा चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘दलहरू अझै पनि कानमा तेल र मुखमा बुझो लगाएर बसिरहेका छन् । के न्यायपालिका राज्यको अङ्ग होइन ? राज्यको एउटा महत्त्वपूर्ण अङ्गमा यो अवस्था आउँदा चुप लागेर बस्ने हो ? प्रधानन्यायाधीशले फैसला लिएर फैसला गरेकाे सूचना भने बारमा दिन विनम्र अनुरोध गर्दछु । ’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले धनाढ्यहरूको मुद्दामा मात्रै काम गरिरहेको तर १५/१६ वर्षअघिका मुद्दा नहेरेको दाबीसमेत गर्नुभयो । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया