कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

 पुष ६, २०७८ मंगलबार १२:२५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक आज मङ्गलवार बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । संसद् बैठकअघि अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न समितिको बैठक बसेको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठकमा निरन्तर अवराेध गर्दै आएको छ । गएको मङ्गलवार पनि एमालेको अवरोधका कारण संसद् चल्न सकेको थिएन । एमालेले आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गर्दै आएको छ । यसअघिको अधिवेशनमा पनि एमालेले अवरोध गरेको थियो ।

संसद्को अवरोध खुलाउन सत्ता गठबन्धनले निरन्तर प्रयास गर्दै आएको छ । तर अहिलेसम्म सहमति जुटेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ति आइतवार सर्वदलीय बैठकमा संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्ष दल एमालेलाई आह्वान गर्नुभएको थियो । तर बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी भएन । आफूले कारबाही गरेका व्यक्ति समेटेर दर्ता भएको दल नेकपा एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफूहरू सहभागी नहुने भन्दै एमालले सर्वदलीय बैठक बहिस्कार गरेको हो । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया