युट्युबकाे सदुपयोग गर्दै वडाध्यक्षले शुरू गरेकाे च्याउखेती
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताउनुभएको छ ।
आज मङ्गलवार बार एसोसिएशनले सर्वोच्च अदालत परिसरमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएशनको भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि सबै राजनीतिक दललाई बारले आग्रह गरेकाले यस सम्बन्धमा उनीहरूले आफ्नो निर्णय गर्नुपर्ने बताउनुभयो । राजनीतिक दलहरू न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मूकदर्शक भएर बस्न नमिल्ने उहाँको भनाइ छ । भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनका लागि राजनीतिक दलहरूले पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।
बार अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीशकाे बर्हिगमनका १७ बुँदा विभिन्न दललाई पनि दिइसकेकाे छ । प्रधानमन्त्रीदेखि लिएर प्रतिपक्ष दलका नेता, संसदीय दलका नेताहरूलाई हामीले दिइसकेका छौँ । उहाँहरूले यो विषयमा आफ्नो निर्णय गर्नुपर्दछ । मूकदर्शक भएर बस्नु भनेको न्यायपालिकालाई भ्रष्टाचारमा डुबाइराख्ने उहाँहरूको उद्देश्य हो भने त्यहीअनुसार भन्नुपर्याे । होइन भने न्यायपालिकालाई भ्रष्टाचारमुक्त बनाउनका लागि उहाँहरूले पहल गर्नुपर्दछ । याे नेपाल बार एसोसिएशनको, सम्पूर्ण कानुन व्यवसायीको आह्वान हो ।’
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले आफू नाङ्गिएको कुरा स्वीकार गरिसकेको दाबी गर्नुभयो । प्रधानन्यायाधीश नाङ्गिदैमा न्यायपालिका नप्रसने र न्याय प्रशासन चल्न नसक्ने उहाँले बताउनुभयो । न्यायपालिकालाई नाङ्गिन नदिनका लागि प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँ नाङ्गिदैमा न्यायपालिका सप्रिन्छ ? न्यायपालिकाको प्रशासन यो ढङ्गबाट चल्न सक्छ ? के हामी यो चाहन्छौँ ? उहाँ नाङ्गिनुभएको छ भने घरमा गएर नाङ्गिनुस् । न्यायपालिकालाई नाङ्गिन नदिनुस् । तपाईँले राजीनामा गर्नुस् । बर्हिगमन हुनुस् भन्ने कुरा हामीले उहाँलाई अनुरोध गर्दै आएका छौँ ।’
केही दिनदेखि स्थगन भएको बार एसोसिएशनको आन्दोलन फेरि भएको छ । आज कानुन व्यवसायीहरूले नाराबाजीसहित सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म विरोधको कार्यक्रम चलिरहने बार एसोसिएशनले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।