युट्युबकाे सदुपयोग गर्दै वडाध्यक्षले शुरू गरेकाे च्याउखेती
माघ २, २०८१ बुधबार
काठमाण्डाै – न्याय परिषद्ले भोलि बुधवारका लागि न्याय सेवा आयोगको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अध्यक्ष रहनुभएको न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य रहेका छन् ।
नेपाल बार एसोसिएशनले जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि जबरासँग इजलास साझा गर्न अस्वीकार गरिरहेको अवस्थामा जबराले आयोगको बैठक बोलाउनुभएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनमै रहेको नेपाल बार एसोसिएशनले न्याय सेवा आयोगको बैठक नराख्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दबाब दिएको थियो । आयोगले यसअघि सञ्चालन गरेको जिल्ला न्यायाधीशहरूको परीक्षाको नतिजा प्रकाशनका लागि आयोगको बैठक बोलाइएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।