विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै - रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ ।
अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर उहाँले वैकल्पिक राजनीतिक शक्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने बताउनु भएको हो ।
२०७० सालदेखि सुरु भएको राजनीतिक यात्रामा कयौँ उतारचढाव आए पनि त्यसलाई पार गर्दै आइरहेको तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको सङ्गठनको मूल नेतृत्वमै ढोङ्ग भेटिएको उहाँको पत्रमा भनिएको छ ।
उहाँले लेख्नु भएको छ , ‘सङ्घीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्गन्धित बनाएर भइरहेका सम्पूर्ण कदम, व्यवहारले आउँदाे दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ।’
आफ्ना लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य नरहेको उहाँले लेख्नु भएको छ । विवेकशील साझा पार्टी भित्र अहिले विवाद बढ्दो छ । पार्टी अध्यक्ष रविन्द्र मिश्रले अस्ति संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नु भएको थियो ।
त्यही दिन पाण्डेले दुई सय सदस्य रहेको समानान्तर केन्द्रीय समिति गठन गर्नु भएको थियो ।
विज्ञप्ति :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Jaybahadur
Dec. 23, 2021, 2:48 p.m.नेपालका नयाँ पुराना सबै दललाई बहिस्कार गरौं , नेपाली भएर मिलिजुली बसौं /