विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार पाँच सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार पाँच सय ३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिस्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधि ८०३ गरी कुल एक हजार ४६० को सहभागिता रहनेछ ।
यसबाहेक जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्ति तथा पूर्वजनमुक्ति सेनाका तर्फबाट पाँच प्रतिशत अर्थात् ७३ जना मनोनित गरिनेछ । सबैभन्दा धेरै वाग्मती प्रदेशबाट १२८ र कम प्रवास प्रदेश समितिबाट ३४ प्रतिनिधि सहभागी हुनेछन् । प्रदेश नं २ बाट १०६, लुम्बिनीबाट १०५, प्रदेश नं १ बाट ९६, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, गण्डकीबाट ७४, सम्पर्क समन्वय प्रदेशबाट ४३ र उपत्यका विशेष प्रदेशबाट ४२ प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिनुभयो ।
माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ देखि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ । सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि राजनीतिक वैचारिक प्रतिवेदन पेस गर्ने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।