कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – बङ्गलादेशमा आज बिहीवारदेखि सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली महिला टोलीले विजयी सुरुवात गरेको छ ।
डिफेन्डिङ च्याम्पियन नेपालले श्रीलङ्कालाई तीन–दुईको सेटमा हरायो । लगातार दुई सेटमा पराजय भोगेको नेपाली टाेलीले पछिल्ला तीन सेट जित्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
पहिलो सेट १९–२५ ले गुमाएको नेपालले दोस्रो सेट २१–२५ ले गुमाएकाे थियो । तर तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै नेपालले खेलमा फर्कने सङ्केत गरेको थियो । चौथो सेट पनि २५–१९ ले नेपालले जितेपछि खेलको नतिजा अन्तिम पाँचौँ सेटबाट निकाल्न परेको थियो । पाँचाैँ सेट नेपालले १५–१३ ले जित्याे ।
यस्तै आजै बेलुका पौने ५ बजे पुरुष टोलीले आयोजक बङ्गलादेशसँग खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।