प्रदेश २ को नामकरणका लागि यी चार नाम प्रस्ताव

 पुष ८, २०७८ बिहीबार १८:९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – प्रदेश २ को नामाकरणका लागि चार वटा नाम प्रदेश सभा बैठकमा प्रस्ताव पेस गरिएको छ । आज बिहीवार बसेको प्रदेश सभा बैठकमा 'मधेश प्रदेश', 'जानकी प्रदेश', 'मध्य मधेश प्रदेश' र 'मिथिला भोजपुरा' सहितको नाम पेस गरिएको हो ।

सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रले प्रस्ताव गरेको मधेश प्रदेश नाममा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।

त्यस्तै अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम जानकी प्रदेश प्रस्ताव पेस गरिएको छ भने कांग्रेसले मिथिला भोजपुरा नामको प्रस्ताव पेस गरेको छ । त्यस्तै कांग्रेसकै प्रदेश सभा सदस्य राजेश्वरप्रसाद साहले मध्य मधेश प्रदेश प्रस्ताव पेस गर्नुभएको छ ।  

जसपाको तर्फबाट शैलेन्द्रकुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरतप्रसाद साह, नेकपा एसको तर्फबाट प्रमोदकुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेस गरेका छन् । नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामाकरणको प्रस्ताव भने आज पेस हुन सकेको छैन । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Nirbhaya Thapa

    Dec. 27, 2021, 4 p.m.

    'मिथिला भोजपुरा'

  •  0 Reply

तपाईको प्रतिक्रिया