विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अ...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – विद्युतीय राहदानी (ई-पासपाेर्ट) बनाउन अत्यावश्य भएकाहरुलाई त्यसको लागि चाहिने राष्ट्रिय परिचयपत्र काठमाण्डौका विभिन्न तीन स्थानबाट प्राप्त गर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय, ललितपुर र नारायणी दरबार परिसरमा गएर अत्यावश्यक भएकाहरुले परिचयपत्र बनाउन सकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
नेपाल सरकारले मंसिर १ गतेदेखि ई पासपोर्ट वितरण सुरु गरेसँगै त्यसको लागि चाहिने राष्ट्रिय परिचयपत्र बनाउनेहरुको काठमाण्डौमा भिडभाड बढेको भन्दै विभागले यी स्थान तोकेको हो । वाग्मती प्रदेशका भक्तपुर र ललितपुरबाहेक सबै जिल्लाका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट परिचयपत्र बनाउन आग्रह गरिएको छ । यस्तै ललितपुर जिल्ला, कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका सबै अत्यावश्यक सेवाग्राहीहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन् । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सेवाग्राहीलाई नारायणी दरबार परिसर तोकिएको छ ।
आउँदो आइतबारदेखि यी स्थानबाट सेवा लिन सकिने विभागले जनाएको छ । राहदानी विभागबाट सबै जिल्ला प्रशासन कार्यालय तथा इलाका कार्यालयबाट सेवा विस्तार नगरुञ्जेलसम्मको लागि यो व्यवस्था गरिएको हो ।
अहिले पनि ७७ वटै जिल्ला प्रशासन कार्यलय र १७ वटा इलाका प्रशासन कार्यालय र नाराणहिटी दरबारमा रहेका स्टेशनहरुबाट परिचयपत्र लिन सकिन्छ । तर ई पासपोर्ट बनाउन अत्यावश्यक भएकाहरुलाई सहज होस् भनेर विभागले यी स्थान तोकेको हो । अहिले ई पासपोर्ट काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग र काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाबाट वितरण भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sadan gurung
Jan. 7, 2022, 11:54 a.m.नमस्कार , म सदन गुरुङ / मेरो पासपोर्टको मिति सकिन लागेको छ , एक महिना मात्र बाँकी छ / यहाँ इलाममा पासपोर्ट खुलेको छैन , इमर्जेन्सी छ ...के के कागजात चाहिन्छ ?
उज्यालो
Jan. 7, 2022, 2:09 p.m.सदन जी, अहिले नेपाल सरकारले विद्युतीय राहदानी प्रदान गरिरहेको छ । त्यसैले विभिन्न जिल्लाहरुमा अहिले पनि प्रविधिक कारणले विद्युतीय राहदानी जारी भएको छैन । निश्चित जिल्लाबाट मात्र विद्युतीय राहदानीका लागि लाइभ इन्रोलमेन्ट भइरहेको छ । तपाईँले पनि आफ्नो जिल्ला प्रशासन कार्यालयमा गई राष्ट्रिय परिचयपत्र बनाएर राहदानी विभागमा अनलाइनमार्फत विद्युतीय राहदानीका लागि निवेदन दिन सक्नुहुन्छ । राहदानी विभागका अनुसार तपाईँले दूर्त सेवाको लागि राष्ट्रिय परिचय पत्रका साथमा जिल्लाबाट नागरिकता पनि साथमा लैजान पर्छ । राष्ट्रिय परिचयपत्र पेश गरे पनि विभागले आधिकारिकता खुलेको पत्र माग गर्न सक्नेछ । तपाईँले अहिले लिने भनेको नयाँ विद्युतीय राहदानी हो । नेपालबाट निवेदन दिनेहरुले अहिले एमआरपी पासपोर्ट पाउँदैनन् । एमआरपी पासपोर्ट नविकरण पनि हुँदैन । विद्युतीय राहदानी जारी भएदेखि नै विभागले एमआरपी पासपोर्ट जारी गर्न छाडेको छ । तपाईँले थप जानकारीका लागि पासपोर्ट विभागको वेवसाइट https://nepalpassport.gov.np अथवा ९८५१३२६८०१ र ९८५१३२६८०२ नम्बरमा सम्पर्क गर्नुहोस् ।
Nirmaya Tamang Lama
Dec. 24, 2021, 7:01 p.m.नमस्ते मेरो पासपोर्ट हराएकोले मलाई नयाँ पासपोर्ट चाहिएको छ ! पासपोर्टको लागि परिचयपत्र चाहिदो रहेछ, मैले बनाएको छैन कहाँ गएर परिचय पत्र बनाउने हाे , थाहा छैन?
Posh bahadur karki
Dec. 24, 2021, 11:41 a.m.नमस्कार मेरो घर रामेछाप हो तर म काठमाडौ बस्छु।मेरो पासपोर्ट को म्याद सकियो।मैले यो रास्ट्रीय परिचयपत्र बनाउन रामेछाप नै जानू पर्छ कि? एहि काठमाडौ बाट हुन्छ ।जानकारी पाए अभारी हुने थिय।
Bhupendra pd shrestha
June 14, 2023, 12:07 a.m.मैले e सेवाबाट रहदनिकोलागी फोरम भरेको छु १५ दिन पछिको समय दिएको छ तर मलाई अर्जेन्ट छिटो प्राप्त गर्न के गर्नुपर्छ ? कृपया जानकारी पाउ [email protected]
उज्यालो
Jan. 7, 2022, 2:10 p.m.अहिले नेपाल सरकारले विद्युतीय राहदानी प्रदान गरिरहेको छ । त्यसैले विभिन्न जिल्लाहरुमा अहिले पनि प्रविधिक कारणले विद्युतीय राहदानी जारी भएको छैन । निश्चित जिल्लाबाट मात्र विद्युतीय राहदानीका लागि लाइभ इन्रोलमेन्ट भइरहेको छ । तपाईँले पनि आफ्नो जिल्ला प्रशासन कार्यालयमा गई राष्ट्रिय परिचयपत्र बनाएर राहदानी विभागमा अनलाइनमार्फत विद्युतीय राहदानीका लागि निवेदन दिन सक्नुहुन्छ । राहदानी विभागका अनुसार तपाईँले दूर्त सेवाको लागि राष्ट्रिय परिचय पत्रका साथमा जिल्लाबाट नागरिकता पनि साथमा लैजान पर्छ । राष्ट्रिय परिचयपत्र पेश गरे पनि विभागले आधिकारिकता खुलेको पत्र माग गर्न सक्नेछ । तपाईँले अहिले लिने भनेको नयाँ विद्युतीय राहदानी हो । नेपालबाट निवेदन दिनेहरुले अहिले एमआरपी पासपोर्ट पाउँदैनन् । एमआरपी पासपोर्ट नविकरण पनि हुँदैन । विद्युतीय राहदानी जारी भएदेखि नै विभागले एमआरपी पासपोर्ट जारी गर्न छाडेको छ । तपाईँले थप जानकारीका लागि पासपोर्ट विभागको वेवसाइट https://nepalpassport.gov.np अथवा ९८५१३२६८०१ र ९८५१३२६८०२ नम्बरमा सम्पर्क गर्नुहोस् ।
Pm Mausam
Dec. 24, 2021, 4:14 p.m.अहिले जुन ठाउँमा बस्नुभएको छ त्यही ठाउँ बाट लिन मिल्छ । आफ्नो सक्कली कागजात लिएर जानुहोला ।
Neha Shah
Dec. 24, 2021, 10:23 a.m.I want to make my passport for my upcoming process for going abroad for further studies.
Gokarna Timalsina
Dec. 24, 2021, 8:05 a.m.E passport