ग्लोबल आईएमई बैंकद्वारा डिजिटल बैंकिङ सम्बन्धी १७५ वटा भन्दा बढी साक्षरता अभियान सम्पन्न

 पुष ९, २०७८ शुक्रबार ८:३७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरिरहेकाे छ । 

अभियान अन्तर्गत अहिलेसम्म बैंकले १७५ वटा भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरिसकेकाे छ। 

सातै प्रदेशका गाउँदेखि सहरसम्म डिजिटल बैंकिङ साक्षरता कार्यक्रमहरु आयोजना गर्ने लक्ष्यसहित याे अभियान सुरु भएको बैंकले जनाएकाे छ । 

बैंकले प्रदेश-१ मा २९ वटा, प्रदेश-२ मा १७ वटा, वाग्मती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा ८ वटा र सुदूरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रमहरु सञ्चालन गरेकाे जानकारी दिएकाे छ । आउँदाे हप्ता कर्णाली र काठमाण्डौ उपत्यकामा थप कार्यक्रमहरु सञ्चालन गरिने बैंकले जनाएकाे छ । 

बैंकले बैंकिङ सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताका लागि यस कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया