कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित निकालेको छ ।
बङ्गलादेशको ढाकामा आज माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
साविक विजेतासमेत रहेको नेपालले माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ सेटमा जित निकालेको हो ।
लगातार दुई खेलमा जित निकालेसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।
नेपालले पहिलो खेलमा हिजो श्रीलङ्कालाई ३–२ को सेटमा हराएको थियो । अब नेपालले तेस्रो खेलमा भोलि बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै बेलुका पौने ५ बजे पुरुष टोलीले उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।