यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – सरकारले विद्युत् व्यापार कम्पनी खडा गरेकाे छ । ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी हिजाे बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापार कम्पनी खडा गरेको जानकारी दिनुभएको हो । उहाँले नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा धेरै शेयर भएको र अन्य विद्युत् उत्पादन कम्पनी र विद्युत विकास लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) सँग वित्तीय कारोबार गर्ने समेतको शेयरबाट लाइसेन्स लिएको बताउनुभयो । मन्त्री भुसालले निजी क्षेत्रले पनि यसमा चासो दिएकाले त्यसअनुसारको नै कार्यविधि बनाइरहेको बताउनुभयो । उहाँले अब विद्युत् व्यापार लाइसेन्स जलविद्युतको लाइसेन्स जस्तो नहुने पनि स्पष्ट पार्नुभयो ।
मन्त्री भुसालले नेपालमा कुलेखानीबाहेक जलाशययुक्त जलविद्युत् नभएकोले प्रदेश २ बाहेक अन्य प्रदेशमा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने बताउनुभयो । त्यसका लागि प्रदेश १ को दूधकोसी, गण्डकीको बूढीगण्डकी, लुम्बिनीको नौमुरे, कर्णालीको नलघाट, सुदूरपश्चिमको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउने र अध्ययनको अन्तिम चरणमा रहेको बताउनुभयो । मन्त्री भुसालले जलाशययुक्त जलविद्युत् निर्माण खर्चिलो हुने भएकोले यो राज्यले नै बनाउने बताउनुभयो ।
मन्त्री भुसालले सिँचाइको बिजुली निःशुल्क गर्ने योजना बनाएको पनि बताउनुभयो । उहाँले मन्त्रालयले सिँचाइकाे बिजुली निःशुल्क गर्ने योजना बनाएको बताउनुभएको हो । मन्त्री भुसालले नेपालमा आफ्नै बहुउद्देश्यीय आयोजनाहरू सम्पन्न हुँदै गरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणसँग समायोजन र सहकार्य गरेर सिँचाइमा खपत हुने बिजुली निःशुल्क दिन सक्ने स्थितिमा मन्त्रालयले योजना अघि सारेको बताउनुभयो ।
मन्त्री भुसालले सिँचाइका लागि नेपालका सबै मानव बस्तीमा निःशुल्क बिजुली दिँदा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास हुने र तराईमा डिजेल, पेट्रोलबाट सञ्चालित हुने गाडीलाई दुरुत्साहित गरेर विद्युतीय साधनको प्रयोग हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।