विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – सत्ता साझेदार राष्ट्रिय जनता पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरूले पहाडैपहाड भएको देशमा भ्यु–टावर बनाउने हावादारी कुरा गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्न इन्जिनियरहरूलाई आग्रह गर्नुभएकाे छ ।
आज शुक्रवार नेपाल इन्जिनियर्स एसाेसिएशनले काठमाण्डाैमा आयाेजना गरेको कार्यक्रममा नेता भट्टराईले यस्ताे बताउनुभएकाे हाे । उहाँले दक्षिण एसियाली देशहरू प्राविधिकहरूको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।
उहाँले भन्नुभयाे, ‘पहाड आफैँ भ्युटावर हाे नि हाम्राे ! त्यहाँ भ्युटावर किन चाहियाे ? साधन स्राेतकाे दुरुपयाेग, जनता पनि कुरै नबुझी विकास भनेकाे भ्युटावर नै हाे रहेछ भन्ठान्छन् अनि एउटा भ्युटावर बनाइदिनुपर्याे भन्छन् । नेताहरूले यस्ताे हावादारी कुरा गर्ने हाे ? नेताले सही कुरा जनतालाई बुझाउन पर्दैन ?’
अध्यक्ष भट्टराईले नेपालमा विकास, निर्माणलाई अघि बढ्नै नदिने खालका सोचहरू आइरहेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।