१९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल १ सय ५४ पराजित

 पुष ९, २०७८ शुक्रबार २०:८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । यूएईमा आज शुक्रवार भएको खेलमा नेपाल बङ्गलादेशसँग एक सय ५४ रनले पराजित भएको हो ।

शारजाह क्रिकेट मैदानमा बङ्गलादेशले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएकाे नेपाल ४२ ओभर ३ बलमा अलआउट हुँदै एक सय ४३ रनमै सीमित भयाे । नेपालका लागि गुलशन झाले सर्वाधिक ३५ रन बनाए । यस्तै विवेक यादव २६ रनमा आउट भए । बङ्गलादेशका तान्जिम हसन शकिब, राकिबुल हसन, मेहेरुब र नईमुर रोहमानले दुई/दुई विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ५० ओभरमा चार विकेट गुमाएर दुई सय ९७ रन बनाएको थियो । बङ्गलादेशका लागि प्रान्तिक नबिलले अविजित रहँदै एक सय २७ रन बनाए । नेपालका गुलशन झा तिलक भण्डारी माेहम्मद आदिल आलमले एक–एक विकेट लिए ।

समूह 'बी' मा रहेको नेपालले दोस्रो खेलमा पर्सि आइतवार श्रीलङ्कासँग खेल्नेछ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया