ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा ६ हजार ४ सय पत्रकारको जागिर गुमेको छ ।
गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स (आरएसएफ) र अफगानिस्तानको स्वतन्त्र पत्रकार सङ्घ (एआईजेए) ले गरेको सर्वेक्षणअनुसार तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको सञ्चारमाध्यममा नाटकीय परिवर्तन भएको छ । तालिबानको सत्तापलटपछि २ सय ३१ सञ्चारमाध्यमहरु बन्द भएका छन् ।
अफगान सञ्चारमाध्यममा तालिबान सत्ताको प्रभाव देखिएको सर्वेक्षणमा जनाइएको छ । हरेक १० सञ्चारमाध्यमबाट चार जनाभन्दा बढी पत्रकार पलायन भएका छन् । यस हिसाबले देशका ६० प्रतिशत पत्रकार र सञ्चारमाध्यमका कर्मचारीले काम छोडेका छन् । पलायन हुनेमा ८० प्रतिशत महिला छन् ।
५ सय ४३ सञ्चारमाध्यमहरुमध्ये नोभेम्बरको अन्त्यसम्म ३ सय १२ वटा मात्र सक्रिय छन् । यसको अर्थ तीन महिनाको अवधिमा ४३ प्रतिशत सञ्चारमाध्यम हराएका सर्वेक्षणमा भनिएको छ । चार महिनाअगाडि मात्र धेरै अफगान प्रान्तमा कम्तीमा १० ओटा निजी सञ्चारमाध्यम थिए । तर, अहिले केही क्षेत्रमा कुनै पनि स्थानीय सञ्चारमाध्यम नरहेको सर्वेक्षणले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।