माओवादी केन्द्रको पदाधिकारी सङ्ख्या १५ हुने, महाधिवेशनको मिति लम्बियो

 पुष ११, २०७८ आइतबार ११:३०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको पदाधिकारी सङ्ख्या १५ हुने भएको छ ।

महाधिवेशन सुरु हुनु अघि बसेको केन्द्रीय समिति बैठकले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने गरी पदाधिकारी सङ्ख्या १५ हुने निर्णय गरेको हो । यस्तै, बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

यस्तै, महाधिवेशनको मिति पनि लम्ब्याउँदै दुई दिन थप गरिएको छ । राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि छलफल लम्बिने भन्दै दुई दिन समय थप गरिएको हो । यसअघि माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि मङ्गलवारसम्म हुने भनिएको थियो ।

माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन दिउँसो तीन बजे नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया