विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसाेसिएशनले आन्दाेलन गरिरहेकाे छ । आज आइतवार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश जबराकाे राजीनामा माग गर्दै आन्दोलन गरेको हो ।
आन्दोलनपछि सञ्चारकर्मीसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानव अधिकारको मेरुदण्ड भएकाले न्यायपालिकाभित्र विकृति, विसङ्गति हुन नहुने बताउनुभयो ।
उहाँले न्यायपालिकाभित्र विकृति, विसङ्गति तथा अनियमितता, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र प्रभाव बढ्दै गएका कारण न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको समेत बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले न्यायपालिकाको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, जवाफदेहिता कायम गर्न र न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्नका लागि आवश्यक कदम चाल्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयाे, ‘न्याय सम्पादनको बाधकको रूपमा चोलेन्द्रले राजीनामा नदिँदा पनि न्याय सम्पादनमा चोलेन्द्रको हक खोसिएको छ । संविधानको धारा १२६ अनुसार न्याय सम्पादनको नेतृत्व लिएका चोलेन्द्रले न्याय सम्पादन गर्न नसकेकाले उहाँ असक्षम हुनुहुन्छ, उहाँ पदमा बसिरहन संविधानले दिँदैन ।’
सर्वोच्च अदालत बार एसाेसिएशनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबरा र परिवारको सम्पत्ति शुद्धीकरणका लागि नेताहरू सम्पत्ती शुद्धीकरण कार्यालयमा जाने तयारीमा रहेको बताउनुभयो । उहाँले सम्पत्ति शुद्धिकरण आयोगबाट छानबिन गर्न बारले पनि सहयोग गर्ने बताउनुभयो ।
प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एसाेसिएशन, सर्वोच्च अदालत बार एसाेसिएशनका पदाधिकारीसहित कानुन व्यवसायीहरूले गएकाे कात्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर विरोध पदर्शन गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।