महाधिवेशनमा माओवादीले देशको स्वाधीनता जोगाउने विषयमा छलफल गरोस् : कुन्ती शाही

 पुष ११, २०७८ आइतबार १६:१९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालकी महामन्त्री कुन्ती शाहीले माओवादीको महाधिवेशनमा देशको स्वाधीनताको विषयमा गम्भीर छलफल हुनुपर्ने बताउनुभएको छ ।

महाधिवेशनमा आज आइतवार शुभकामना दिन पुग्नुभएकी महामन्त्री शाहीले अहिले पनि लाखौँ युवा विदेशमा दुःख गर्न बाध्य रहेको, देशमा अस्थिरताको कालो बादल मडारिएको, देशको स्वाधीनता खतरामा परेको अवस्थामा माओवादीको महाधिवेशनले एउटा नयाँ निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो ।

राप्रपा र माओवादीबीच विचार र वादमा फरक भए पनि स्वाधीनता र देशको रक्षा गर्ने सवालमा एकै ठाउँमा उभिनुपर्ने राप्रपाकी महामन्त्री शाहीले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया