भ्रष्टाचार निमिट्यान्न नपारेसम्म दलहरूले जनताकाे मन जित्न सक्दैनन् : अध्यक्ष नेपाल

 पुष ११, २०७८ आइतबार १८:७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारलाई निमिट्यान्न नपारेसम्म राजनीतिक दलहरूले नागरिककाे मन जित्न नसक्ने बताउनुभएकाे छ । 

आज आइतवार नेकपा माओवादी केन्द्रकाे आठाैँ महाधिवेशनमा बाेल्दै अध्यक्ष नेपालले यस्ताे बताउनुभएकाे हाे । उहाँले भ्रष्टाचार निमिट्यान्न पार्नुपर्ने भन्दै परिवर्तन नेपाली नागरिककाे हितका लागि हुनुपर्ने बताउनुभएकाे छ ।

कार्यक्रममा अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसङ्गति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयाे । उहाँले राजनीतिक दलहरू शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरा, नागरिकको पीडा र वेदनालाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुन सके मात्र आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट भन्न सकिने बताउनुभयो । अध्यक्ष नेपालले नागरिककाे विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहारलाई नागरिकले अनुभूति गर्ने गरी राजनीतिक दलहरू लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो ध्यान असमानतालाई अन्त्य गर्ने कुरामा हुनुपर्छ । अन्यायलाई अन्त्य गर्ने कुरामा, विभेदलाई समाप्त गर्ने कुरामा, शोषण र उत्पीडनलाई समाप्त पार्ने कुरामा, नगरिककाे पीडा र वेदनालाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनुपर्छ । त्यसो भए मात्रै हामीले आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट भन्ने हो भने पनि त्यसको कुनै अर्थ रहन सक्छ । राजनीतिक पार्टी नागरिककाे विश्वास जित्यो भने मात्रै अघि बढ्न सक्दछ । नागरिककाे विश्वास जित्न कुरा मात्रै पर्याप्त छैन, काम र व्यवहारलाई नागरिकले हेर्न चाहन्छन् । काम र व्यवहारमा कहाँ चुक्यौँ ? त्यसको समीक्षा गरौँ । गरिबी अन्त्य गर्न पार्टीका नेताहरूको बीचमा छलफल हुनुपर्छ ।’ 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया