गठबन्धन कसैको विरुद्धमा होइन, संविधान र संसद् जोगाउन बनेको हो : देउवा

 पुष ११, २०७८ आइतबार १८:५०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको पाँच दलीय गठबन्धन कसैको विरुद्धमा उभिनका लागि नबनेको बताउनुभएको छ । 

आज आइतवार माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा सभापति देउवाले भन्नुभयो, ‘गठबन्धन कसैको विरोधमा होइन तर अहिलेको संविधानले संसद् पूरा अवधि चलोस् भन्ने व्यवस्था गरेकाले संविधानको रक्षाका लागि गठबन्धन बनेको हो । संविधान र संसद् बचाउनका लागि बनेको हो’, देउवाले भन्नुभयो । 

गठबन्धन पूरा समय चल्नेमा कसैले पनि शङ्का गर्न नहुने उहाँले बताउनुभयाे । गठबन्धनलाई अझै अघिसम्म लैजान चाहेको देउवाको भनाइ छ । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया