टुटुको निधन उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको एक अध्याय : राष्ट्रपति रामाफोसा

 पुष १२, २०७८ सोमबार ६:५६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका निर्वाह गरेका डेसमण्ड टुटुको निधन भएको छ ।

नोबल शान्ति पुरस्कार विजेता उहाँको ९० वर्षको उमेरमा हिजो निधन भएको  दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले पुष्टि गर्नु भएको छ । राष्ट्रपति रामाफोसाले उहाँको निधनलाई ‘उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको एक अध्याय’ भएको बताउनु भएको छ ।

उहाँ, रङ्गभेद विरोधी आन्दोलनका नायक एवम् दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाका समकालीन हुनुहुन्थ्यो । टुटु, सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा कायम रङ्गभेदी नीतिको अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व हुनुहुन्थ्यो ।

मन्डेलाले उहाँलाई रङ्गभेद नीति भएको समयमा अपराधको अनुसन्धान गर्न गठित सत्य निरुपण आयोगका प्रमुख नियुक्त गर्नु भएको थियो । टुटुले रङ्गभेद विरोधी अहिंसात्मक आन्दोलनको नेतृत्व गर्दै आएको भन्दै सन् १९८४ मा नोबेल शान्ति पुरस्कार पाउनु भएको थियो ।

शिक्षक रहेका टुटुले रङ्गभेदी नीतिको अन्त्यपछि दक्षिण अफ्रिकाको बहुजाति मिश्रणलाई सम्बोधन गर्न इन्द्रेणी राष्ट्र नामाकरण गर्नु भएको थियो ।  सन् १९५३ मा विद्यालयमा रङ्गका आधारमा विद्यार्थी छुट्याउने कानुन बनेपछि उहाँ शिक्षण पेसा छोडेर चर्चमा प्रवेश गर्नु भएको थियो।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया