नेप्से झन्डै ७० अङ्कले घट्यो, १ करोड २ लाख कित्ता शेयर पाँच अर्ब ६० करोड रुपैयाँमा कारोबार

 पुष १२, २०७८ सोमबार १५:१४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठामण्डाै – शेयर बजार परिसूचक नेप्से आज साेमवार झन्डै ७० अङ्कले घटेको छ । नेप्से आज ६९ दशमलव ७७ अङ्कले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा झरेको हो । 

आज सबै समूहको शेयर घटेर राताम्मे भएको छ । बीमा, उत्पादन, विकास बैंक र जलविद्युत् कम्पनीको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय ३८ कम्पनीका एक करोड दुई लाख कित्ता शेयर पाँच अर्ब ६० करोड ७४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ । 

आज जोशी हाइड्रोपावरको शेयर साढे आठ प्रतिशत तथा घलेम्दी हाइड्रो, सानिमा जनरल इन्स्याेरेन्स र जानकी फाइनान्सको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि मध्य भोटेकोसी जलविद्युत् र गोर्खाज फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया